काठमाण्डु – मेलम्ची नदीमा आएको भीषण बाढीले मेलम्ची बजार खण्डहरमा परिणत भएको छ । लगातार पानी परेका कारण आएको बाढी र पहिरोले मेलम्ची बजार बगाएको हो ।
हिजाे बेलुका साढे ६ बजे मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटरमाथि हेलम्बु १ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको थियो । बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ ।
यसैगरी चनौते भन्ने बजार पनि डुबानमा परेको छ । बुधबार बिहान ७ जना स्थानीवासीको शव फेला परेको छ । बाढीले हेलम्बुमा ३ ओटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ ।
केही झोलुंगे पुल पनि बगाएको छ । सो क्षेत्रमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धार, राहत तथा पुनःस्थापनामा जुटेको छ ।
तस्बीरः विष्णु क्षेत्री





प्रतिक्रिया