एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा पहिलो फ्लड लाइट जडान

एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा पहिलो फ्लड लाइट जडान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निजीस्तरबाट बनिरहेको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सकिएको छ । मैदानमा ५ वटा फ्लडलाइट जडान गरिएको छ । नेपालको कुनैपनि क्रिकेट मैदानमा फ्लड लाइट हालिएको यो पहिलो हो ।

७ करोड रुपैयाँ भन्दा बढी खर्च गरी जडान गरिएको फ्लड लाइट टेस्टिङको काम बुधवारदेखि शुरु भएको स्टेडियमका प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिए । २०८० साल जेठ २९ गते शिलान्यास भएको स्टेडियमको २०८० फागुन २८ मा गते उद्घाटन गरी लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।

त्यसयता यो मैदानमा जिल्ला र स्थानीय स्तरमा सय भन्दा बढी खेल भइसकेका छन् । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास समेत गरेको थियो । फागुन २५ गतेदेखि शुरु हुने प्रधानमन्त्री कप क्रिकेटका ४६ मध्ये १५ खेल यही मैदानमा हुनेछन् ।

प्रधानमन्त्री कपका लागि पनि अहिले मैदानमा आवश्यक काम चलिरहेको छ । नेपाल क्रिकेट संघ क्यानले प्रधानमन्त्री कप क्रिकेटका लागि एक्स्ट्राटेक ओभललाई छनोट गरेकोमा खुशी लागेको प्रबन्ध निर्देशक कुँवरले बताए । सात वटा पिच रहेको मैदानमा अब खेल हुने मात्रै नभइ नेपालमै पहिलो फ्लड लाइटमा डे नाइट म्याच हुने चरणमा प्रवेश गरेको छ । केही दिनमा लाइट टेस्टिङको काम सकेर डे नाइट म्याचका लागि तयार हुनेछ ।

एकातिर मैदान तयार भएर फ्लड लाइटको काम चलिरहेको छ भने अर्कोतिर अरु संरचना निर्माणको काम पनि तिब्र गतिमा हुँदैछन् । नेट प्राक्टिसका लागि पनि पिच अन्तिम चरणमा पुगेको छ । नेट प्राक्टिसका लागि छ वटा पिच बनिरहेका छन् । अहिलेसम्म मैदानमा जग्गाबाहेक २५ करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेको कुँवरले जानकारी गराए ।

चार तलाको २ वटा भवन बनिरहेका छन् । जहाँ भीआईपी बक्स प्लेयर बक्स, चेन्जिङ रुम र मिडिया बक्स हुनेछन् । यी संरचनाको काम अन्तिम चरणमा छ । भीआईपी बिल्डिंगमा नौ सय सिट क्षमताको प्यारापिट बन्नेछ । आगामी २ वर्षभित्र सक्ने लक्ष्य रहेको यो मैदानमा २५ हजार दर्शक क्षमताको प्यारापिट बन्नेछ । ५ हजार दर्शक क्षमतासहितको प्यारापिटक एक वर्षभित्रै तयार भइसक्नेछ ।