काठमाण्डु – दुबईबाट काठमाण्डु आउँदै गरेको फ्लाई दुबईको विमान भारतको लखनऊमा आपतकालीन अवतरण गराइएको छ।
शनिबार बिहान ८ बजेर २२ मिनेटमा विमान संख्या एफजेड–११३३ नम्बरको उक्त विमानलाई लखनऊस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराइएको प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ ।
विमानमा इन्धन कम भएका जनाइएको छ । विमानमा १५४ जना यात्रु सवार रहेका थिए। अवतरणपछि सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ ।
विमानलाई अहिलेसम्म विमानस्थलमै राखिएको छ भने यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै निगरानी बढाइएको छ । विमानमा इन्धनको मात्रा न्यून भएपछि आपतकालीन अवतरणको निर्णय लिनुपरेको जनाइएको छ। सुरक्षालाई प्राथमिकतामा राख्दै विमानलाई लखनऊतर्फ मोडिएको थियो।
यसअघि पनि बागडोगराबाट दिल्ली जाँदै गरेको एयर इन्डिया एक्सप्रेसको उडानमा प्राविधिक समस्या देखिएपछि लखनऊमै आपतकालीन अवतरण गराइएको थियो। उक्त उडानमा १४८ यात्रु र चालक दलका ६ सदस्य सवार थिए।




प्रतिक्रिया