काठमाण्डु – परराष्ट्रमन्त्री विमला राई पौडेल अमेरिका भ्रमणमा जाने भएकी छन् । परराष्ट्र स्रोतले दिएको जानकारीअनुसार उनि यही बिहिवार ४ दिने भ्रमणमा अमेरिका जाने तय भएको हो ।
उनले अमेरिका भ्रमणको क्रममा उच्चस्तरिय भेटवार्ता गर्ने तय भएको छ । तर,परराष्ट्रमन्त्रालयले भने भ्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन् ।
अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्ड, युएसएआईडी प्रमुख सामन्था पावर र संक्रमणकालिन न्याय मामिला हेर्ने उपमन्त्रीको नेपाल भ्रमणको तयारी भइरहेको बेला नेपालकी परराष्ट्रमन्त्री राईको अमेरिका भ्रमण हुन लागेको हो ।




प्रतिक्रिया