काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी नेतृत्वका लागि अञ्जन श्रेष्ठ समूहले पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूको घोषणा गरेको छ ।
घोषणा अनुसार वस्तुगत संघतर्फको उपाध्यक्ष पदका लागि शिवप्रसाद घिमिरेले उम्मेदवारी दिएका छन् ।
एसोसिएटतर्फको उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्ला/नगरतर्फबाट उपाध्यक्षमा दिल सुन्दर श्रेष्ठ र कृष्ण शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।
महासंघको ६०औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन आगामी चैत २९ र ३० गते आयोजना हुने कार्यक्रम रहेको छ । निर्वाचनलाई लक्षित गर्दै विभिन्न समूहहरूले आफ्नो नेतृत्व टीम सार्वजनिक गर्ने क्रम जारी रहेको छ ।




प्रतिक्रिया