प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न आग्रह गर्दै राष्ट्रपतिलाई भेट्यो महासंघले

प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न आग्रह गर्दै राष्ट्रपतिलाई भेट्यो महासंघले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न आग्रह गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेको छ ।

महासंघले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न अनुरोध गर्दै राष्ट्रपति भेटेको जानकारी अध्यक्ष निर्मला शर्माले दिइन् ।  

शर्माको नेतृत्वमा टोली पुगेर राष्ट्रपतिलाई यसबारे ध्यानाकर्षण गराएको बताइएको छ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग प्रत्यक्ष सरोकार राख्ने कानुन निर्माण गर्दा नियमित विधायिकी प्रक्रियालाई अवलम्बन गर्नुपर्ने भन्दै महासचिव रामप्रसाद दहालद्वारा हस्ताक्ष विज्ञप्ति पनि सार्वजनिक भएको छ । दाहालले पनि राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर ध्यानाकर्षण गराइसकेको जानकारी दिए ।

पछिल्लो समय विभिन्न साइबर अपराध मुद्दामा पत्रकार तथा राजनीतिक दलका प्रतिनिधिहरुलाई सरकारले धरपकड गरेको र समाचार कक्षमै पुगेर पत्रकारहरूको स्रोत खोजेकोप्रति महासंघको ध्यानाकर्षण भएको छ ।