पत्रकार महासंघको अध्यक्षमा आचार्य निर्वाचीत,एमाले निकट चौतारीको उपस्थिती न्युन

पत्रकार महासंघको अध्यक्षमा आचार्य निर्वाचीत,एमाले निकट चौतारीको उपस्थिती न्युन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य निर्वाचीत भएका छन् । प्रेस सेन्टर र प्रेस युनियनको संयुक्त गठवन्धनका उम्मेदवार आचायले ७३२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी प्रेस चौतारीका उम्मेदवार तीर्थ कोइरालाले ६२७ मत पाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुदा प्रेस सल्लाहकार रहेका आचार्यले १०५ मतको अन्तरले अध्यक्ष जितेका हुन् ।

 

आचार्यको प्यानलबाट खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् ।

त्यसैगरी महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्रले अत्यधिक मत पाएर विजयी भएका छन् ।

 

लेखा समितिको संयोजकमा सवैभन्दा बढी मत पाएर प्रेस सेन्टरका रोशन पुरीले विजयी भएका छन् । उनले ७९४ मत पाएका छन् । एमाले निकट प्रेस चौतारी पत्रकार महासंघमा क्लिन स्विप नै भएको छ । प्रदेश र खुलामा केही सदस्य जितेपनि चौतारीले पदाधिकारीमा भने जित हासिल गर्न सकेन् ।

पदाधिकारीमा कसले कति ल्याए ?

अध्यक्ष

गोविन्द आचार्य – ७३२ (विजयी)

तीर्थ कोइराला- ६२७

खुल्ला उपाध्यक्ष
उपाध्यक्ष विपुल पोखरेल– ७९६ (विजयी)
मात्रिका पौडेल–६४१

समावेशी उपाध्यक्ष
दिलिप थापा–८५९ (बिजयी)
महेश दास–५६४

महासचिव
रमेश बिष्ट –७५१ (विजयी)
बालकृष्ण बस्नेत –६७१
खुल्ला सचिव
राम प्रसाद दाहाल–७४६ (विजयी)
रुद्ध्र भट्टराई–४३६

महिला सचिव
लक्ष्मी पुन –७७७ (विजयी)
शुस्मा पौडेल –७६९

आदिवासी सचिव
उदय जीएम–७५७ (विजयी)
सिद्धराज राई –६३६

मधेशी सचिव
शितल प्रसाद महतो – ७४४ (विजयी)
सतिष कुमार मिश्र–५८६

दलित सचिव
रमेश कुमार वि.क–७६७ (विजयी)
हेम कर्ण विक–५६२

एसोसियट सचिव
प्रकाश थापा–७६० (विजयी)
महेन्द्र प्रसाद भट्टराई–५६७

कोषाध्यक्ष
राजेश मिश्र –७७१ (विजयी)
खगेन्द्र पन्त–६२०

प्रदेशबाट बिजयी हुनेहरु

प्रदेश नम्बर १

सटेन्द्र जबेगु (प्रेस चौतारी)
उद्धव तिमिल्सिना (प्रेस युनियन)

प्रदेश नम्बर २

देवराम यादव (प्रेस सेन्टर)
शैलेन्द्र झा (प्रेस युनियन)

प्रदेश नम्बर ३

द्वारिका काफले (प्रेस चौतारी)
कृष्ण गिरी (प्रेस चौतारी)

प्रदेश नम्बर ४

रामकृष्ण ज्ञवाली (प्रेस चौतारी)
नवीन कुइँकेल (प्रेस सेन्टर)

प्रदेश नम्बर ५

बसन्त गिरी (प्रेस सेन्टर)
पुरुषोत्तम सुवेदी (प्रेस युनियन)

प्रदेश नम्बर ६

कलेन्द्र सेजवाल (प्रेस युनियन)
पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर)

प्रदेश नम्बर ७

मीन बम (प्रेस युनियन)
उत्तर विष्ट (प्रेस चौतारी) र श्याम भट्ट (प्रेस सेन्टर) को ४५–४५ बराबर मत ।

काठमाडौं उपत्यका

लेखनाथ न्यौपाने (प्रेस सेन्टर)
गोबिन्द चौलागाईं (प्रेस चौतारी)

प्रतिष्ठान तर्फ

टिकाराम प्रधान (प्रेस सेन्टर)
यम बिरही (प्रेस युनियन)