काठमाण्डु – ल्याण्डफिल्डसाइड बन्चरेडाँडाका स्थानीयले काठमाण्डु उपत्यकाको फोहोर फाल्न पुनः रोक लगाएका छन्। सहरी विकास मन्त्रालय, काठमाण्डु महानगरपालिका, नुवाकोटको ककनी, धादिङको धुनिवेशीलगायत प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमतिअनुसार काठमाण्डुबाट फोहोर बोकेर पुगेका ट्रकलाई बन्चरेडाँडाका स्थानीयले रोकेका हुन् ।
सोमबार सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका पाँच वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण,सामुदायिक भवन मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गर्ने प्रतिवद्धता जनाएसँगै आन्दोलनरत पक्षले फोहोर बिसर्जन गर्न दिने निर्णय गरेको थियो।
त्यस्तै, वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि अधिग्रहण गर्नुपर्ने जग्गा यकीन गरी प्रक्रिया सुरु गर्ने, सिफारिसको आधारमा प्रभावित क्षेत्रको स्थायी बासिन्दा लागि १० शय्याको अस्पताल सञ्चालनका लागि सरकारलाई अनुरोध गर्ने सहमति पनि भएको थियाे ।
तर, सहमतिअनुसार आज बिहानै फोहोर बोकर त्यहाँ पुगेका ट्रकलाई स्थानीयले रोकेका हुन् । हाल सहमतिको प्रयास भइरहेको बताइएको छ।




प्रतिक्रिया