फोहरमैलाको प्रशोधन र पुनःप्रयोग गरौं : अध्यक्ष दाहाल

फोहरमैलाको प्रशोधन र पुनःप्रयोग गरौं : अध्यक्ष दाहाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले फोहरमैला एक ठाउँमा लिएर थुपार्ने तरिका पुरानो भइसकेको बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित फोहर व्यवस्थापन र जलवायु सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले फोहरलाई आधुनिक प्रविधिमार्फत् प्रशोधन गरि पुनः प्रयोग गर्ने तरिका अपनाउनु पर्ने बताए ।

विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘फोहर व्यवस्थापनको व्यवस्थित नीति तथा योजना नहुँदा हाम्रो घर, समुदाय, उद्योग कलकारखाना, अस्पताल लगायतका विभिन्न ठाउँबाट निस्किने फोहर व्यवस्थापन गर्न तिनै तहका सरकारलाई चुनौतीपूर्ण बन्दै गएको छ ।’

फोहरमैला व्यवस्थापन तथा जलवायु परिवर्तन नेपालको मात्रै नभई विश्व समुदायकै लागि जटिल र चुनौतीपूर्ण समस्या बनेको भन्दै उहाँले फोहर व्यवस्थापन र जलवायु स्वच्छताका लागि विश्व समुदायले नै साझा संकल्प गर्नुपर्ने उनको भनाइ छ ।

जलवायु परिवर्तन र फोहर व्यवस्थापनका समग्र सवालहरूलाई प्राथमिकतामा राखेर स्वच्छ नेपाल अभियान चलाउन सरकार र संघ संस्थाहरुलाई आग्रह गर्दै अध्यक्ष दाहालले जलवायु सम्मेलनले सरकार र सम्बन्धित निकायहरूलाई प्रभावकारी सुझाव दिने विश्वास व्यक्त गरे ।