यशोदा भुजेल
काठमाडौं – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले बालबालिकालाई जाडोमा न्यानो कपडा वितरण गरेको छ । मनकामना क्राफ्टस् एण्ड क्रियशनको सहकार्यमा शाखाले काठमाडौंको किर्तिपुर नगरपालिका भत्केकोपाटीस्थित महिला तथा बाल विकास मञ्च ‘माया घर’मा बस्दै आइरहेका अनाथ बालबालिकाहरुलाई जाडोमा न्यानो कपडा वितरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा आएका नेपाल टेलिभिजनका महा प्रबन्धक निर्देशक गोविन्द रोकायाले त्यहाँ रहेका बालबालिकाहरुलाई कपडा प्रदान गरेका थिए । सो कार्यक्रममा उनले अनाथ बालबालिकाका लागि आफ्नो आधा महिनाको पारिश्रमिक ‘माया घर’का बालबालिकालाई दिने घोषणा गरे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज काठमाडौं शाखाकी अध्यक्ष राज्यलक्ष्मी शाक्यले सञ्चारकर्मीहरुको अभियान सामाजिक सेवामा हातेमालो गर्नेतर्फ जोड दिनुपर्ने बताउँदै उनले थोरै भए पनि सो सहयोगले जाडोमा बालबालिकाहरुको संरंक्षणका लागि केही राहत पुगोस् भन्ने हेतुले सो कपडा वितरण गरिएको जानकारी दिइन् ।
मायाघरले अहिलेसम्म ५ जना बालबालिकाको आफ्ना बाबु आमासँग मुर्नमिलन गराएको माया घरकी अध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । उनले घरमा बस्नुपर्ने बालबालिका सडकमा पुग्नु नपरोस् भन्दै यसै कार्यक्रममार्फत सरकारलाई अनाथ बालबालिकाप्रति ध्यान दिन आग्रह गरिन् । नर्सरी देखि १२ कक्षसम्म अध्ययनरत ४ देखी १७ वर्षसम्मका २६ जना बालबालिकाहरु माया घरमा बस्दै आएका छन् ।




प्रतिक्रिया