काठमाण्डु – आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को जिल्ला अधिवेशन आज हुँदैछ ।
मुलुकका ७७ जिल्ला तथा विदेशस्थित जिल्ला शाखाको अधिवेशन एकैपटक आज गर्न लागिएको हो । मुलुकभर आज एकैपटक अधिवेशन गर्न लागेको फोनिजले २४ पुसमा प्रदेशस्तरीय सम्मेलनको आयोजना गर्दैछ ।
७–८ माघमा सातौँ संघीय महाधिवेशन गर्ने गरी अधिवेशन धमाधम भइरहेका छन् । फोनिजले यसअघि नै विभिन्न जिल्लाहरुमा अधिवेशन सम्पन्न गरिसकेको छ । बाँकी जिल्लामा भने आज हुन लागेको हो ।




प्रतिक्रिया