माल्दिभ्सलाई पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लियो


काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको फुटबल खेलमा माल्दिभ्सलाई हराउँदै नेपाल विजयी भएको छ । पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई २–१ ले पराजित गरेको हो ।

दशरथ रंगशालामा भएको खेलमा नेपालका तर्फबाट अभिषेक रिजाल र अन्नत तामाङले गोल गरेका हुन् ।

खेलको १९ मिनेटमा माल्दिभ्सका इब्रहाम हुसेनले अग्रता दिलाएका थिए । तर ४३ मिनेटमा डिबक्सबाट अभिषेकले उत्कृष्ट गोल गरे भने ५२ औं मिनेट अनन्तले गोल गरे ।

स्वर्ण जित्ने लक्ष्यका साथ मैदानमा उत्रेको नेपाली टोलीलाई आजको खेल जित्नै पर्ने दबाब थियो । जित सँगै ७ अंक सहित नेपाल अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । दोस्रो स्थानमा भुटान रहेको छ ।

भोलि साँझ नेपालले बंगलादेशीबीचको सामना गर्नेछ । बंगलादेशसँग बराबरी मात्रै खेलेको अवस्थामा पनि नेपाल सिधै फाइनलमा प्रवेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement