साग फुटबलमा नेपाल भारतसँग स्तब्ध, रजतमा चित्त बुझायो


काठमाडौं – दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

सोमबार दिउँसो पोखरा रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई दुई गोल पराजित गरेको हो । हारसँगै नेपाल रजतमै सीमित भएको छ ।

भारतका लागि एमजी बालादेवीले दुई गोल गरेकी हुन् । नेपालले भने गोल फर्काउन सकेन । ११औं सागबाट समावेश भएको महिला फुटबलमा नेपालले अहिलेसम्म स्वर्ण जित्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement