काठमाण्डु-बागमती प्रदेश लिग फुटबल प्रतियोगिताअन्तर्गत आज ललितपुर फुटबल क्लब र काठमाडौँको चित्लाङ फुटबल क्लबबीच सेमिफाइनल खेल हुँदैछ । यो खेलको विजेता टोलीले उपाधिका लागि दोलखाको टाइगर टिम तिखातालसँग खेल्ने छ ।
यसअघि बुधबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा भएको पहिलो सेमीफाइनलमा दोलखाको टाइगर टिम तिखातालले सिन्धुलीको ब्लू अल्पाइन क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगितामा ११ जिल्लाका लिग विजेता टोली सहभागी छन् भने उपाधि जित्ने टोलीले दुई लाख नगदसहित शिल्ड, पदक र प्रमाणपत्र तथा उपविजेताले रु एक लाख शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।




प्रतिक्रिया