विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अटलान्टा – इजिप्ट फूटबल संघले अर्जेन्टिना विरुद्धको विश्वकप फूटबल २०२६ को अन्तिम १६ को खेलमा रेफ्री टोलीबाट गम्भीर त्रुटि भएको दाबी गर्दै अन्तरराष्ट्रिय फूटबल महासंघ (फिफा) समक्ष उजुरी दर्ता गरेको छ ।

संघले बुधबार जारी गरेको विज्ञप्तिमा फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियर र भिडियो सहायक रेफ्री (भीएआर) टोलीको छानबिन गर्न तथा उनीहरूलाई प्रतियोगिताबाट हटाउन माग गरिएको जनाएको छ ।

इजिप्टल अर्जेन्टिनासँग ३–२ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो । इजिप्ट फूटबल संघका अनुसार टोली १–० ले अघि रहेका बेला मोस्ताफा जिकोले गरेको १ गोल भीएआरको सिफारिसपछि अमान्य घोषित गरिएको थियो । गोलअघि अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजमाथि फाउल भएको भन्दै रेफ्रीले निर्णय परिवर्तन गरेका थिए ।

इजिप्टले एन्जो फर्नान्डेजको निर्णायक गोलअघि एलेक्सिस म्याक एलिस्टरले हम्दी फाथीमाथि फाउल गरेको दाबी गर्दै आफूहरूले पेनाल्टी पाउनुपर्ने जनाएको छ ।

संघले केही भिडियो फुटेज समीक्षा गर्न अस्वीकार गरिएको आरोप लगाउँदै त्यसबाट आफ्नो टोलीको वैध गोल र पेनाल्टीको दाबी पुष्टि हुने उल्लेख गरेको छ ।

इजिप्टका प्रशिक्षक होसाम हसनले पनि खेलपछि रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै आफ्नो टोलीले अन्याय भोगेको टिप्पणी गरेका थिए । (रासस/एएफपी)