नेपाल बंगलादेशसँग २–० ले पराजित


काठमाण्डु – मैत्रिपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । राष्ट्रिय फुटबल टोलीले ढाकामा बङ्गलादेशसँग मैत्रीपूर्ण खेलमा २–० ले पराजित भएको हो ।

बंगलादेशले खेलमा १० र ८० औं मिनेटमा गोल गरेको थियो । पहिलो गोल मोहम्मद नविन नेवाज जीवन र दोस्रो गोल महबुबुर रहमानले गरेका थिए ।

नेपालले गत वर्षको नोभेम्बरमा विश्वकप छनोटअन्तर्गत कुबेतसित फुटबल खेलेको थियो । नेपाल सो खेलमा कुबेतसित १–० गोलले पराजित भएको थियो । कोरोना भाइरसको महामारीका कारण त्यसपछि नेपालले कुनै पनि प्रतियोगिता खेल्न सकेको थिएन ।

नेपाल र बङ्गलादेशबीच अर्को मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते हुनेछ । दुवै देश सन् २०१८ को सेप्टेम्बरमा साफ च्याम्पियनसिपमा भिडेका थिए । उक्त प्रतियोगितामा नेपालले बङ्गलादेशलाई २–० गोलले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement