माल्दिभ्सको राष्ट्रपति कार्यालयद्धारा फाइनल खेल हेर्न नेपाली कामदारलाई छुट्टी

माल्दिभ्सको राष्ट्रपति कार्यालयद्धारा फाइनल खेल हेर्न नेपाली कामदारलाई छुट्टी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माल्दिभ्सको राष्ट्रपति कार्यालयले आफ्नो कार्यालयमा कार्यरत नेपालीहरूलाई भारतविरूद्ध फाइनल खेल हेर्न छुट्टी दिएको छ । राष्ट्रपति कार्यालयले नेपाली कामदारलाई फुटबल हेर्न छुट्टी दिएको सन्तोष मगरले बताए ।

उनले भने, ‘राष्ट्रपति कार्यालयले नेपालीलाई फुटबल हेर्न छुट्टी दिएको यो पहिलो घटना हो । ‘आज हामी १५ सयदेखि २ हजारको हाराहारीमा रंगशालामा नेपालको समर्थनमा जाने छौं,’ उनले भने, ‘एक हजार जनाले त टिकटको लागि हिजोदेखि नै भनिरहेका थिए।’ मालेको राष्ट्रिय रंगशालाको दर्शक क्षमता ८ हजार बताइएको छ ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा हुने नेपाल र भारतबीचको फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरू हुनेछ । आज दुबै टिम उपाधि जित्ने दाउमा छन् । पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो ।