विश्वकप छनोटः कुवेतविरुद्ध नेपाल १ गोलले पछि पर्यो


काठमाडौं – फिफा विश्वकप फुटबल छनोटअन्तगर्त नेपाल समूह ‘बी’ को पहिलो होम खेलमा कुवेतविरुद्ध १ गोलले पछि परेको छ ।

भुटानमा पहिलो हाफको समाप्तीमा नेपाल १ गोलले पछि परेको हो । दशरथ रंगशालाको स्तरोन्नती समयमै सम्पन्न नभएपछि भुटानमा सारिएको होम खेलमा नेपाल २७ औं मिनेटमा गोलको सिकार भयो ।

कुवेतका कप्तान बाडेर अलले नेपाली डिफेन्डरलाई छक्याउँदै गरेको प्रहार गोलमा परिणत भएपछि नेपाल पछि परेको हो । तीन मुख्य खेलाडीविना नै मैदान उत्रिएको नेपालले केही पाएका अवसरलाई सदपयोग गर्न सकेको छैन् ।

यसअघि कुवेतविरुद्धको अवे खेलमा नेपाल ७-० को गोलअन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement