फिफा विश्वकप छनोटः कुवेतसँग नेपाल पराजित


काठमाडौं – कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकप अन्तगर्त एसियाली छनोट समूह बी को पहिलो होम खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।

दशरथ रंगशाला समयमै सम्पन्न नभएपछि भुटानमा खेलाइएको होम खेलमा नेपाल कुवेतसँग १–० को गोलअन्तरले पराजित भएको हो ।

भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा २७ औं मिनेटमा पछि परेको नेपालले सम्हालिएको प्रदर्शन गरेपनि जित निकाल्न सकेन् ।

कुवेतको जितमा कप्तान बदर अल मुतावाले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले २७ औं मिनेटमा पेनाल्टी क्षेत्रको दायाँ भागबाट डिफेन्डरलाई छक्याउँदै गोल गरेका थिए । कप्तान तथा गोलकिपर किरण चेम्जोङले उनको प्रहार रोक्ने प्रयास गरेपनि सकेनन् ।

गोलपछि दबाबमा परेको नेपालले आक्रमक खेले पनि अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोरेको हो । ६१ औं मिनेटमा नेपालका रन्जीत धिमालले गरेको प्रहार बाहिरिएको थियो । त्यसअघि नेपालले ४१ औं मिनेटमा गोलको सुन्दर अवसर खेल फालेको थियो ।

१५ औं मिनेटमा पहिलो गोलको अवसर खेर फालेको नेपालले एकपछि अर्को अवसर पाएपनि सदुपयोग गर्न सकेन् । २३ औं मिनेटमा पेनाल्टी क्षेत्रबाट सुजल श्रेष्ठको दिएको क्रस अभिषेक रिजालले पोष्ट बाहिर प्रहार गरेका थिए । नेपाल यसअघि कुवेतविरुद्धको अवे खेलमा नेपाल ७–० को गोलअन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement