भक्तपुरमा तेश्रो भक्तपुर कप फुटवल प्रतियोगिता हुने

भक्तपुरमा तेश्रो भक्तपुर कप फुटवल प्रतियोगिता हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भक्तपुर युवा टिम गोल्मढी भक्तपुर ७ को आयोजनामा तेश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता हुने भएको छ। आयोजक भक्तपुर युवा टिमले पत्रकार सम्मेलन गरी यो वर्ष फागुन १८ गतेदेखि २६ गतेसम्म प्रतियोगिता गर्ने निर्णय गरिएको जानकारी गराइयो । प्रतियोगिता भक्तपुर नगरपालिका वडा नम्बर ७ स्थित महेश्वरी खेल मैदानमै हुनेछ।

आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगितामा प्रथम हुने विजेतालाई एक लाख २५ हजार र द्धितीय हुने उपविजेता टिमलाई ६५ हजार नगद पुरस्कार दिने निर्णय भएको जानकारी गराए। प्रतियोगितामा सहभागी हुने टिम क्लवले दर्ता शुल्क १२ हजार पाँंच सय तोकिएको उनले जनाए। खेल अवधिभर खेलाडीहरूको विमाको जिम्मेबारी आयोजक टिमले लिने उनले सुनाए।

पत्रकार सम्मेलनमा युवा टिमका संस्थापक अध्यक्ष एवम् सल्लाहकार विश्वराम कवां, अर्का सल्लाहकार एवम् भक्तपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष उकेश कवां, सल्लाहकार श्रीकृष्ण किसी, पूर्व अध्यक्ष तुल्सीराम ग्वाछा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, टिमका सचिव रामेश्वर मचामसी, प्रतियोगिता संयोजक सुरेश कवांलगायतले प्रतियोगिताका विविध विषयहरुबारे चर्चा गरे।

प्रत्येक वर्ष निरन्तर दुई पटकसम्म सफलतापूर्वक प्रतियोगिता गरेको युवा टिमले तेश्रो संस्करण आयोजना गर्ने जानकारी गराएको हो । भक्तपुरमा फुटबलमय वातावरण सिर्जना गर्ने उद्देश्यअनुरुप तेस्रो संस्करणको प्रतियोगिता गर्ने निष्कर्षमा आयोजक टिम पुगेको बताइयो । प्रतियोगितालाई सफल बनाउन गत वर्ष जस्तै सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ।

भक्तपुरको खेलकुद र सामाजिक कार्यलाई प्रभावकारी बनाउन मित्रता अनुशाशन र स्वास्थको लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर युवा टिम २०५० सालमा गठन भएको थियो। टिमले पहिलो पटक २०७८ फागुन ६ देखि १४ सम्म खुल्ला पहिलो भक्तपुर कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । दोश्रो पटक २०७९ फागुन ५ देखि १३ गतेसम्म सफलतापूर्वक सम्पन्न गरेको थियो।