साफ च्याम्पियनसिपमा भुटानलाई हराउँदै भारत विजयी

साफ च्याम्पियनसिपमा भुटानलाई हराउँदै भारत विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साविक विजेता भारतले साफ यू–२० च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा भारतले भुटानमाथि १–० गोल अन्तरको जीत हासिल गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।

भारतका लागि मोनिरूल मोल्लले गोल गरे । उनले खेलको ३७औं मिनेटमा गरेको १ गोल नै भारतको लागि निर्णायक गोल सावित भयो ।

प्रतियोगिताअन्तर्गत मंगलबार बंगलादेशले श्रीलंकासँग खेल्नेछ ।