काठमाण्डु – विश्वकप फुटबल सन् २०२६ को ‘ड्र’ सार्वजनिक भएको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपको सार्वजनिक तालिकाअनुसार अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड केही सहज समूहमा परेका छन् ।
आउँदो विश्वकपमा पहिलो पटक ४८ देशको सहभागिता रहनेछ । त्यसमध्ये ४२ टोलीको निर्णय भइसकेको छ भने बाँकी ६ वटाका लागि प्लेअफ खेल हुनेछन् । पछिल्लो विश्वकपको विजेता अर्जेन्टिनाले अल्जेरियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
समूह विभाजन अनुसार ‘ए’ मा मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र युरोपेली प्लेअफ ‘डी’ विजेता, समूह ‘बी’ मा क्यानडा, युरोपेली प्लेअफ ‘ए’ विजेता, कतार र स्विटजरल्यान्ड, समूह ‘सी’ मा ब्राजिल, मोरक्को, हाइटी र स्टकल्यान्ड, समूह ‘डी’ मा अमेरिका, पाराग्वे, अस्ट्रेलिया, युरोपेली प्लेअफ ‘सी’ विजेता, समूह ‘इ’ मा जर्मनी, क्युरासाउ, आइभरीकोस्ट र इक्वेडर, समूह ‘एफ’ मा नेदरल्यान्ड्स, जापान, युरोपेली प्लेअफ ‘बी’ विजेता, ट्युनिसिया, समूह ‘जी’ मा बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड, समूह ‘एच’ मा स्पेन, केपभार्डे, साउदी अरब र उरुग्वे, समूह ‘आई’ मा फ्रान्स, सेनेगेल, प्लेअफ फिफा–टु को विजेता र नर्वे, समूह ‘जे’ मा अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन, समूह ‘के’ मा पोर्चुगल, प्ले अफ फिफा–वान, उज्वेकिस्तान र कोलम्बिया, समूह ‘एल’ मा इंग्ल्यान्ड, क्रोएसिया, घाना र पानामा रहेका छन् ।





प्रतिक्रिया