फुटबलर पुनमको मुटुमा देखियो समस्या, शल्यक्रिया गर्नुपर्ने


काठमाण्डु – राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य पुनम जर्घा मगरको मुटुमा समस्या देखिएको छ । दुई पटक गरिएको परीक्षणमा उनको मुटुमा समस्या देखिएपछि अब शल्यक्रिया गर्नुपर्ने भएको छ ।

गत हप्ता गरिएको ‘फिफा प्रि कम्पिटिसन मेडिकल एसेसमेन्ट’ (पीसीएमसी) खेलअघिको स्वास्थ परीक्षणमा पुनमको मुटुमा समस्या देखिएको थियो । समस्या देखिएसँगै २४ भदौमा बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा पुनम टोली बाहिर थिइन् ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको २३ सदस्यीय टोलीमा रहेकी पुनमको खेलअघि गरिएको पीसीएमसी रिपोर्टअनुसार मुटुमा समस्या देखिएको हो । शुक्रबार गरिएको पुनः परीक्षणको रिपोर्ट शनिबार आएको थियो । रिपोर्टमा पुनः उही समस्या देखिएको र अब शल्यक्रिया हुने पुनमले बताइन् ।

उनको मुटुमा जारी राख्नुपर्ने डाक्टरले बताएको उनले बताइन् । त्रिभुवन आर्मी फुटबल क्लबकी डिफेण्डरसमेत रहेकी पुनम रौतहट टोलीको पूर्वसदस्य हुन् । उनले ०६७ सालयता आर्मीबाट खेल्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement