फोरम सरकारमा गएपछि यस्तो छ संविधान संसोधनको तयारी


काठमाडौं- संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपछि संविधान संशोधनको बहस सुरु भएको छ । फोरमले नेकपासँग संशोधन गर्नेसहित दुईबुँदे सहमति गरेपछि फेरि संशोधनको बहस सुरु भएको हो । राजपा र फोरमले ३ असोज ०७२ मा संविधान जारी भएदेखि नै संशोधनको माग राख्दै आएका थिए ।

आन्दोलनका क्रममा फोरम र राजपाले ११ वटा बुँदामा संशोधन खोजेका थिए । अहिले ३ वटा बुँदामा संशोधन भए हुनेमा पुगेका छन् । तर, संशोधनबारे अहिलेसम्म प्रयास भने केही पनि भएको छैन । सत्तापक्ष तत्काल संशोधन गर्ने पक्षमा देखिएको छैन । कार्यान्वयनका क्रममा जटिलता देखिए संशोधन गर्दै जाने सत्तापक्षको तर्क छ ।

२ असोजसम्म संशोधनको प्रयास
फोरम र राजपाका नेताहरूको भनाइमा संविधान संशोधन २ असोजभित्र हुन सक्छ । ३ असोजमा संविधान दिवस भएकाले सोभन्दा अगाडि संशोधन हुन सक्ने उनीहरूको आशा छ । राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले फोरमको सरकारमा सहभागितापछि संशोधन हुन सक्ने सम्भावना बढेको बताए ।

फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधनका लागि बाटो प्रशस्त भए पनि कहिले हुन्छ भन्ने प्रष्ट भइनसकेको बताए । आजको नयांपत्रिका दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement