संघीय फोरमलाई दुई मन्त्रालय, अाेली–प्रचण्ड र उपेन्द्र यादवबीच भयाे दुर्इ बुँदे सहमति


काठमाडौं– सरकार संविधान संशोधनका लागि तयार भएपछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने भएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार दुईबुँदे सहमतिमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका हुन्।

‘संघीय समाजवादी फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरू देश र जनताका पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने सहमति पत्रमा उल्लेख छ।

सरकारद्वारा गर्न सकिने काम सरकारको नीति तथा कार्यक्रममा समावेश गरिनेछ,’ सहमतिपत्रमा भनिएको , ‘उपर्युक्त कार्य आन्तरिक गृहकार्य गरी सहमतिमा समाधान गरिनेछ ।’

अब फोरमले दुई मन्त्रालय पाउने नेताहरुले बताएका छन् । तर, यसबारे छलफल हुन बाँकी नै रहेको फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
सहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रधानमन्त्रीसँग छ।

प्रतिक्रिया दिनुहोस
Advertisement