काठमाण्डु – नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । आइतबार शपथलगत्तै नवनियुक्त परराष्ट्रमन्त्री साउदले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि मन्त्री साउदले आगामी दिनमा छिमेकी र विश्वभरीका देशको सम्बन्धलाई घनिष्ट र सौहार्दपूर्ण बनाउँदै लैजाने बताए।संसारका सबै देशहरूसँग सौहार्दपूर्ण सम्बन्ध रही आएको छ। आगामी दिनमा पनि छिमेकी र विश्वभरीका देशको सम्बन्धलाई घनिष्ट र सौहार्दपूर्ण बनाउँदै लैजानेछौं मन्त्री साउदले भने,।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे भने सचिवहरूबाट ब्रिफिङ लिएपछि मात्र जानकारी हुने बताए । उनले अहिले आफूलाई विषयमा जानकारी नभएको बताए । प्रधानमन्त्रीले वैशाख दोस्रो सातासम्ममा भारत भ्रमण गर्ने तयारी भएको बताइएको छ ।




प्रतिक्रिया