खाडी मुलुककाे श्रम स्वीकृति स्थगित, कुन देशमा कति छन् नेपाली ?

खाडी मुलुककाे श्रम स्वीकृति स्थगित, कुन देशमा कति छन् नेपाली ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मध्यपूर्वका देशमा बस्ने नेपालीहरू सुरक्षित रहेका बताए । उनले त्यहाँ रहेका नेपालीलाई सुरक्षाका उपाय अपनाउन आह्वान गरे ।

इरानले कतार, साउदी, बहराइन, यूएई र कुवेतमा रहेका अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेपछि ती देशमा पनि सुरक्षा जोखिम बढेको हो । ती देशमा रहेका नेपाली दूतावासहरूले सूचना निकालेर स्थानीय कानूनको ख्याल गरेर गतिविधि गर्न तथा सुरक्षा सल्लाह र निर्देशनहरू पालना गर्न आह्वान गरेका छन् ।

मन्त्रालयले सकेसम्म घरभित्रै बस्ने, सतर्क रहन, आवश्यक सावधानी अपनाउन र आ–आफ्नो ठाउँमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आग्रह गरेको पनि प्रवक्ता क्षेत्रीले बताए ।

यसबीच विभिन्न प्रयोजनमा इरानमा रहेका १२ जना नेपालीमध्ये दुई जना नेपाल आइसकेका छन् । दुई जना आउने क्रममा छन् ।

मन्त्रालयका अनुसार आठ जना नेपाली अझै इरानमै छन् । उनीहरू सबै जना सुरक्षित छन् । उनीहरूसँग नेपाली दूतावास निरन्तर सम्पर्कमा रहेको क्षेत्रीले बताए । मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिलाई परराष्ट्र मन्त्रालयले नजिकबाट नियालिरहेको बताउँदै क्षेत्रीले हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सतर्क र सचेतता पूर्वक रहन आग्रह गरिएको बताए ।

इजरायल र इरानका सम्बन्धित निकायहरूको पूर्व स्वीकृति बिना यात्रा नगर्न मन्त्रालयले आग्रह गरेको छ ।
खाडी क्षेत्रमा झन्डै १९ लाख नेपाली कार्यरत छन् ।

सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई) मा ९ लाख, साउदी अरबमा ३ लाख ८४ हजार, कतारमा ३ लाख ६० हजार, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा ३० हजार र ओमानमा २५ हजार नेपाली कार्यरत छन् ।

इराकमा २५ हजार, इजरायलमा ५ हजार, लेबनानमा १ हजार नेपाली रहेका छन् ।

यस्तैमा सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । अर्को सूचना जारी नभएसम्मका लागि वैदेशिक रोजगारीमा जानेका लागि सम्पूर्ण श्रम स्वीकृति प्रदान कार्य स्थगित गरिएको छ ।