काठमाण्डु – नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काको शपथ ग्रहण बदरको माग गर्दै सर्वोच्चमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ ।
२०७८ असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका परराष्ट्रमन्त्री खड्काको शपथ बदरको माग गर्दै अधिवक्ता विशाल न्यौपानेले मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि आज सुनुवाई हुने अधिवक्ता न्यौपानेले जानकारी दिए । न्यौपानेले रिटमा संविधानबमाोजिम कानुन नबनाई शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा नगर्न÷नगराउन अन्तरिम आदेशको माग गरेका छन् ।
सरकारको नेतृत्व सम्हालेको ७२ औं दिनमा शेरबहादुर देउवाले कांग्रेस नेता डा खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका थिए ।




प्रतिक्रिया