परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ

परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा खड्कालाई परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (९)बमोजिम कांग्रेसको परराष्ट्र विभागका प्रमुखसमेत रहेका नेता डा. खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ । त्यस्तै उनी आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।