क्लाइमेट समिटको मन्त्रीस्तरीय बैठकमा वनमन्त्री बस्नेतको सम्बोधन

क्लाइमेट समिटको मन्त्रीस्तरीय बैठकमा वनमन्त्री बस्नेतको सम्बोधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ—वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले संयुक्त अरब इमिरेट्समा आयोजित ‘यूएन क्लाइमेट एक्सेन समिट मन्त्रीस्तरीय बैठकमा सम्बोधन गरेका छन्।

गत शनिबार त्यसतर्फ प्रस्थान गरेका मन्त्री बस्नेतले आबुधाबीको इमिरेट्स प्यालेसमा भएको बैठकमा आफ्नो धारणा राखेका छन् । मन्त्री बस्नेतले वातावरण संरक्षणका लागि नेपालले गरिरहेका गतिविधिबारे चर्चा गर्दै न्यूनीकरणमा खेलेको भूमिकाबारे जानकारी गराएका थिए । साथै अन्य देशहरुले खेल्नुपर्ने भूमिकाबारे सुझावसमेत राखेका छन् ।

समिट आगामी सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कमा हुँदैछ। मन्त्री बस्नेतले अबुधावीस्थित नेपाली दूतावासको निरीक्षण भ्रमण गर्नुका साथै त्यहाँ रहेका नेपालीहरुसँग प्रतिनिधिमुलक भेटघाट समेत गरेका थिए। वनमन्त्री बस्नेत सोमबार स्वदेश फर्किएका छन्।