नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरुलाई भारतिय सेनाको निम्तो


काठमाण्डु– भारतिय सेनाले नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरुलाई भारत भ्रमणको निम्तो दिएको छ । भारतिय सेनाका सेनापति मनोज मुकुन्द नरभणेले भारतिय सेनाले नयां दिल्लीमा पहिलो पटक आयोजना गरेको चिफ कन्क्लेभ सेमिनारमा सहभागी हुन नेपाली सेनाका पुर्व प्रधानसेनापतिहरुलाई निमन्त्रणा दिएका हुन ।

सेमिनारमा भारतकै पूर्व प्रधानसेनापतिहरु समेत सहभागी हुनेछन् । सेप्टेम्बर १७ र १८ मा हुने सम्मेलनमा भारतिय सेनाका पूर्व मानार्थ प्रधानसेनापतिहरुलाई समेत बोलाइएको हो ।

नेपाली सेना र भारतिय सेनाबीच एक अर्को देशका सेनाको मानार्थ प्रधानसेनापति हुने प्रचलन छ । उनिहरुलाई भारतिय सेनाको पूर्व मानार्थ प्रधानसेनापतिका रुपमा बोलाइएको स्रोतले जनाएको छ ।

सेमिनारमा अहिलेसम्म तीन जना पूर्व प्रधानसेनापतिहरु सहभागी हुने निश्चित भएको छ । पूर्व प्रधानसेनापतिहरु प्यारजंग थापा,गौरव शमशेर राणा र राजेन्द्र क्षेत्रीको सेमिनारमा सहभागी हुने खबर पठाइसकेका छन् ।

केहीले स्वास्थ्यको कारण जान सहभागी हुन नसक्ने खवर पठाएका छन भने पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल भने त्यो बेला अमेरिका जाने भएकाले सहभागी हुन नसक्ने बताएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
Advertisement