केपी ओली नेपालको सबैभन्दा चतुर नेता : पूर्वभारतीय राजदूत रे

केपी ओली नेपालको सबैभन्दा चतुर नेता : पूर्वभारतीय राजदूत रे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका लागि पूर्व भारतीय राजदूत रन्जित रेले नेकपा एमालेका अध्यक्ष केपी ओली नेपालकै सबैभन्दा चतुर नेता भएको टिप्पणी गरेका छन् ।

‘काठमाण्डु डिलेमा : रिसेटिङ नेपाल–इन्डिया टाइज’ पुस्तकमा ओलीको बारेमा टिप्पणी गर्दै उनले ओली एक चतुर राजनीतिज्ञ भएको उल्लेख गरेका हुन् । उनले लेखेका छन्, ‘ओली एक चतुर राजनीतिज्ञ हुन्, सम्भवतः नेपालमा सबैभन्दा चतुर ।’

उनले ओलीलाई कम्युनिस्ट भएर पनि सकारात्मक विभेद र समावेशीविरोधी रूढिवादी नेताको रूपमा चित्रित गरेका छन् । उनले ओलीलाई शान्ति प्रक्रियाप्रति कम प्रतिबद्ध रहेको पनि बताएका छन् ।

‘मधेसी नेताहरूको आचोलना गर्ने ओलीले भारतले उनीहरूलाई किन सहयोग गरिरहेको छ भन्ने बुझेका थिएनन्,’ रेले लखेका छन्, ‘उनले मधेसी नेताहरूले भारतको लागि केही गर्न नसक्ने तर आफूले मात्र सक्ने बताए ।’

भारतीय मिडियाले ओली ‘चाइना क्याम्प’मा गएको भनी गरेको अनुमान उनले मन नपराएको र आफू कहिल्यै पनि भारतको विरुद्धमा जान नसक्ने बताएको रेले उल्लेख गरेका छन् ।