पूर्वराजा यसै हप्ता गोरखनाथ र मनकामना जाने

पूर्वराजा यसै हप्ता गोरखनाथ र मनकामना जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पूर्वराजा शाह ज्ञानेन्द्र शाह यसै हप्ता मनकामना मन्दिरमा पूजाअर्चना गर्न गोरखा जाने भएका छन् ।

पूर्वराजाका संवाद सचिवालयले बुधबार विज्ञप्ती जारी गरी शाह यसै हप्ता गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न जाने जनाएको छ ।

संवाद सचिवालयका सचिव डा.फणीराज पाठकका अनुसार पूर्वराजा शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न जान लागेका हुन् ।

काठमाडौंमा राजावादीहरूका गतिविधिका कारण राजनीति तरङ्गित भइरहेका बेला शाह गोरखा जान लागेका हुन् ।

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले दिएको अभिव्यक्ति पछि पूर्वराजाको समर्थनमा राजावादीहरूले गतिविधि तीव्र पारेका हुन् । उनी एक महिनाको पोखरा बसाइपछि काठमाडौं फर्किदा समर्थकहरूले विमानस्थालमा भव्य स्वागत गरेका थिए ।