पूर्वबाल सैनिकमाथि लगाइएको ‘अयोग्यको बिल्ला’ हटाउने तयारीमा सरकार

पूर्वबाल सैनिकमाथि लगाइएको ‘अयोग्यको बिल्ला’ हटाउने तयारीमा सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –सरकारले पूर्वबाल सैनिकमाथि लगाइएको ‘अयोग्यको बिल्ला’ हटाउने भएको छ । ‘लोकतन्त्रका योद्धा’को सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न गठित कार्यदलका संयोजक एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बहिर्गमित जनमुक्ति सेनाका पदाधिकारीबीच आइतबार बिहान भएको भेटमा अयोग्यको बिल्ला हटाउने सरकारले निर्णय गरेको ज्ञवालीले बताएका थिए ।

बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष रमेश बसेलले पूर्वबाल सैनिकमाथि लगाइएको ‘अयोग्यको बिल्ला’ खारेजीको घोषणा गर्न सरकार सहमत भएको बताए । सरकारले मन्त्री ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो।

त्यस्तै सरकारले तीन सय ‘लोकतन्त्रका योद्धा’ लाई पहिलो चरणमा सम्मान समेत गर्ने भएको छ । प्रधानमन्त्री ओलीले सहिद परिवार, घाइते, अपांग बेपत्ता परिवार, पूर्वजनमुक्ति सेनालगायत ३ सयलाई सम्मान गर्न लागेका हुन्। त्यस्तै अरुलाई भने दोस्रो चरणमा सम्मान गर्दै जाने सरकारको तयारी छ ।

बहिर्गमित जनमुक्ति सेनाले आफुहरुमाथी लगाईएको अयोग्यको बिल्ला हटाउनुपर्ने माग गर्दै आएको थियो । जनमुक्ति सेना र नेपाली सेनाको बीचमा समायोजन हुंदा ४ हजार ८ सय जना लडाकु अयोग्य भनेर बर्हिगमनमा परेका थिए ।