काठमाण्डु – नेकपा माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । सांसद र मन्त्री दुवै पदबाट मुक्त भएपछि उनीहरु अब कसरी अघि बढ्ने भन्नेबारे निश्कर्ष निकाल्नको लागि अनौपचारिक छलफलमा जुटेका हुन् ।
छलफलमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलसहित पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायत सहभागी छन् । माओवादीले दल त्यागेको भन्दै यसअघि नै उनीहरुलाई साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरिसकेको छ ।




प्रतिक्रिया