पूर्वप्रधानमन्त्री भट्टराईद्वारा पीएसओबाहेक सबै सुरक्षाकर्मी फिर्ता गर्ने घोषणा

पूर्वप्रधानमन्त्री भट्टराईद्वारा पीएसओबाहेक सबै सुरक्षाकर्मी फिर्ता गर्ने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले आगामी वैशाख १ गतेदेखि व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)बाहेक नेपाल सरकारले उपलब्ध गराएका अन्य सबै सुरक्षाकर्मीहरुलाई फिर्ता गर्ने घोषणा गरेका छन्।

केही दिनअघि मात्र गृहमन्त्री रामबहादुर थापालाई भेटेर आफूलाई उपलब्ध गराएका सबै सुरक्षाकर्मी फिर्ता बोलाउन आग्रह गरेको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए। ‘दस दिनअघि गृहमन्त्री र सुरक्षा निकायका प्रमुखलाई भेटेर भट्टराईले आफ्नो सुरक्षामा खटिएका व्यक्तिगत एक सुरक्षाकर्मी बाहेक सबै फिर्ता बोलाउन आग्रह गरेका हुन् ।

त्यसैअनुरुप भट्टराईको सुरक्षामा खटिएकाहरू फिर्ता हुन लागेको पाण्डेले बताए। ‘उहाँले अन्य विशिष्ट व्यक्तिहरुलाई पनि आफ्ना सुरक्षाकर्मी फिर्ता गर्न आग्रह गर्नुभएको छ । साथै उहाँले अतिविशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षाको नाममा धेरै जनशक्ति दुरुपयोग भएकोले यसमा सुधारका लागि नियम पुनरावलोकन गर्न केही साता अगाडी भेटेरै गृहमन्त्री र विशिष्ट व्यक्तिहरुको सुरक्षा हेर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा सेवा निर्देशनालयका प्रमुखसँग आग्रह समेत गर्नुभएको छ ।’