यमनी पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेह मारिए!


काठमाडौं– यमनका पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेह मारिएको यमनी हुठी समूहका उच्च अधिकारीले पुष्टि गरेका छन् ।

 

उनको पार्टीले सालेहको मृत्युको समाचार झुठो भएको बताइरहँदा इरानी सञ्चारमाध्यम तथा हुथीहरुले उनको मृत्यु भइसकेको दाबी गरेका हुन्।

 

 

उनका भतिजा, केही आफन्त र सालेहको दलका महासचिव सबै जना सोमबार खावलान जिल्लाबाट साउदी अरब नेतृत्वको गठबन्धनको नियन्त्रणमा रहेको मारिव प्रान्ततर्फ भाग्ने क्रममा मारिएका, यमनी विद्रोहीको नियन्त्रणमा रहेको गृह मन्त्रालयले पनि जनाएको छ।

 

 

उक्त स्थानको भिडियोमा सालेहको मृत शरिर कैद भएको दृष्य देखिएको बताइएको छ।

 

केही दिनयता राजधानी सानामा भीषण युद्ध भइरहेको छ। हुथीहरुले राजधानीमा आफ्नो पहुँच बढाइरहेका छन् भने साउदी अरब नेतृत्वमा विद्रोही रहेको इलाकामा बमबारी भइरहेको छ।

 

 

पूर्व राष्ट्रपति सालेहले शनिबार इरान समर्थक हुठी विद्रोहीसँगको गठबन्धन अन्त्य भएको घोषणा गरेका थिए। सालेहले हुठी विद्रोहीको सहयोगमा यमनी राजधानी सानामा करिब तीन वर्ष संयुक्त रूपमा शासन सम्हालेका थिए।

 

 

सालेह सन् २०१२ को राजनीतिक जनआन्दोलनका बलमा पदच्युत भएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement