काठमाण्डु– लक्ष्मी ईमोबिलिटीले चीनको इलेक्ट्रिक गाडी ब्रान्ड फोर्थिङ लाई नेपाली बजारमा ल्याउने भएको छ ।
ईमोबिलिटीले साउन २१ देखि २५ गतेसम्म काठमाण्डुको भृकुटीमण्डपमा आयोजना हुने नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघको राष्ट्रिय अटो प्रदर्शनी NAIMA २०२५ मार्फत फोर्थिङको पहिलो मोडल नेपाली बजारमा सार्वजनिक गर्ने भएकोे हो ।
विश्वव्यापी रूपमा स्मार्ट डिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागि चिनिएको फोर्थिङ ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक सँग आफ्नो सुरुवात गर्दैछ । यो गाडीले प्रदर्शन, प्रविधि डिजाइनलाई समेट्दै नेपाली ग्राहकको बदलिंदो आवश्यकतामा केन्द्रित समाधान दिन्छ ।
गाडीको औपचारिक उद्घाटन NAIMA २०२५मा गर्ने कम्पनीको योजना छ । ६४.४ kWh ब्याट्री, ९९ kW मोटर पावरसहितको यो SUV ले ४०० किलोमिटर भन्दा बढीको दूरी तय गर्न सक्ने अनुमान गरिएको छ, जसले गर्दा यो सहर भित्रको यात्रादेखि लामो दूरीका लागि समेत उपयुक्त विकल्प बन्छ।
यसले पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले सहज र छरितो ड्राइभिङ अनुभव दिनेछ भित्री डिजाइनमा आराम, प्रयोग सहजता र स्मार्ट प्रविधिलाई विशेष ध्यान दिइएको छ ।
NAIMA २०२५ नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी बन्ने लक्ष्यका साथ आयोजना हुँदैछ । यस वर्षको मुख्य आकर्षण इलेक्ट्रिक मोबिलिटी, स्मार्ट ट्रान्सपोर्ट प्रणालीहरू र दिगो सवारी भविष्यतर्फको नेपालकै यात्रा हुनेछ ।
विश्वस्तरीय गाडी निर्माता कम्पनीहरूदेखि सफा ऊर्जा प्रविधिमा काम गर्ने कम्पनीहरूसम्मको सहभागिता रहने यस पाँच दिने expoले अटो क्षेत्रका लागि सहकार्य र नवप्रवर्तनको महत्त्वपूर्ण मञ्चको रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया