एमालेले चार जना न्यायाधीशविरुद्ध आज महाअभियोग दर्ता गर्ने

एमालेले चार जना न्यायाधीशविरुद्ध आज महाअभियोग दर्ता गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सर्वोच्च अदालतका चार जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादी पाटीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आइतबार महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

एमालेले आज ११ बजे संसदीय दलको बैठक बोलाएको छ । बैठकले परमादेशको आदेश दिने न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खड्का,डा.आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने निर्णय गर्ने स्रोतले बताएको छ ।

एमालेले संसदमा महाअभियोग प्रस्ताव ल्याउन सांसदहरुको हस्ताक्षर शुरु गरिसकेको छ । त्यसका लागी सबै सांसदहरुलाई काठमाण्डु आउंन हिजै निर्देशन दिइएको छ ।

‘महाअभियोग लगाउनेबारे हिजै सचिवालय बैठकमा छलफल भइसकेको छ । आज चारै जना न्यायाधीशहरुमाथी महाअभियोग प्रस्ताव दर्ता हुन्छ । ’ एमालेका एक नेताले काठमाण्डुपाटीसंग भने ।

एमाले उपमहासचिव विष्णु रिमालले समेत महाअभियोग दर्ता हुन सक्ने संकेत गर्दै सामाजिक संजालमा लेखेका छन् ‘गठबन्धन भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ। ढुंगा सर्वोच्चमा बज्रिएको छ। भनिन्छ नि– फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन! हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नी? ‘