उमेरहदका कारण क–कसले पाए एमाले नेतृत्वबाट अवकाश ?

उमेरहदका कारण क–कसले पाए एमाले नेतृत्वबाट अवकाश ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका चार जना नेताहरु उमेरहदका कारण पार्टीको नेतृत्वबाट बाहिरिएका छन् । उमेरहदका कारण चितवनमा जारी पार्टीको दशौं महाधिवेशनबाट पुराना चार नेताहरु पार्टीको नेतृत्वबाट बाहिरिएका हुन् ।

बाहिरिनेमा अमृतकुमार बोहरा, डोरमणी पौडेल, सत्यनारायण मण्डल र महेन्द्रबहादुर पाण्डे रहेका छन् । एमालेको विधानअनुसार ७० वर्ष नाघेको व्यक्तिले पार्टीको कार्यकारी पदमा बस्न पाउँदैनन् । योसँगै एमालेभित्र उनीहरूको सक्रिय राजनीतिमा पूर्णविराम लागेको छ । तर उनीहरूलाई अन्य राजकीय पदहरूमा जान भने विधानले रोक्दैन ।

एमालेका पुराना नेता बोहरा पार्टी अनुशासन आयोगका अध्यक्ष थिए । उनी उमेरले ७३ वर्ष पुगेकाले उनले पार्टी नेतृत्वबाट अवकाश पाएका छन् । यसैगरी मण्डल, पौडेल र पाण्डे पनि ७१ वर्ष पुगेका छन् । मण्डल एमाले स्थायी समिति सदस्य र प्रदेश २ का इन्चार्ज थिए ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेल केन्द्रीय सदस्य थिए । यस्तै पाण्डे चीनका लागि राजदूत नियुक्त भएका थिए । उनलाई देउवा नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो ।

उमेरहदका कारण पार्टी नेतृत्वबाट बाहिरिएका नेताहरुले भविष्यमा पार्टीको सल्लाहकार वा विभन्न मञ्चहरुमा बसेर योगदान दिन सक्नेछन् ।