मालीमा सशस्त्र आक्रमण : चार सैनिकको मृत्यु, १४ घाइते

मालीमा सशस्त्र आक्रमण : चार सैनिकको मृत्यु, १४ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिणपश्चिम मालीमा भएको आतङ्कवादी हमलामा चार सैनिकको मृत्यु भएको छ । साथै एक दर्जनभन्दा बढी घाइते भएको त्यहाँको सेनाले जनाएको छ ।

सशस्त्र आतङ्ककारीहरूको समूहले आइतबार दिउँसो कौलिकोरो क्षेत्रमा स्थित सुरक्षा चौकीमा आक्रमण गरेको माली सशस्त्र बल (एफएएमए) ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रारम्भिक अनुसन्धानअनुसार चार सैनिक मारिएका छन् भने अन्य १४ जना घाइते भएका छन् । त्यसैगरी आक्रमणकारी तर्फ छ जना मारिएका छन् । घाइते सैनिकहरू मध्ये तीन जनालाई हेलिकप्टरद्वारा घटनास्थलबाट बाहिर निकालिएको छ ।