४० प्रतिशत रासनभत्ता बढाउन प्रहरीको माग

४० प्रतिशत रासनभत्ता बढाउन प्रहरीको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले सुरक्षा निकायबीच देखिएको रासनभत्ता विभेद हटाउन माग गरेको छ। सुरक्षा निकायको सारनभत्ता समायोजनसम्बन्धी कार्यादल समक्ष प्रहरीले सरकारले उपलब्ध गराउने रासनमा समानता कायम गर्न माग राखेको हो।

प्रहरीले मूल्यवृद्धिअनुसार रासन समायोजन गर्नुपर्ने माग अघि सारको छ। प्रहरीले नेपाल राष्ट्रबैंकको मुद्रास्फीति, दैनिक आवश्यक पर्ने क्यालोरीलगायतलाई आधार मानेर ४० प्रतिशतदेखि ४५ प्रतिशतसम्म रासनभत्ता वृद्धि गर्नुपर्ने बताएको छ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले चार वर्षअघिकै मूल्यअनु्सार रासन उपलब्ध हुने गरेको र यसमा समायोजन हुनुपर्ने प्रस्ताव राखिएको बताए। यो समाचार कारोबार दैनिकमा छ ।