ठगीका उजुरीे दैनिक रुपमा सुनुवाइ गर्न मन्त्री बिष्टको निर्देशन


काठमाडौं– श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारमा जाँदा ठगीमा पर्नेहरुले गर्ने उजुरीको सुनुवाई दैनिक रुपमा गर्न निर्देशन दिएका छन् । विभागलाई उनले ठगीमा परेकालाई न्याय दिन र क्षतिपूर्ति दिलाउन हप्ताको एकपटक मात्रै सुनुवाई गर्ने व्यवस्थालाई दैनिकमा झार्न निर्देशन दिएका हुन् ।

‘अब दैनिक रुपमा ठगिनेहरुको उजुरीमाथि सुनुवाइ हुन्छ । हप्ता दिनभरि यहाँ पीडितलाई कुराएर राखेर हुँदैन,’ उनले भने, ‘पीडितहरुलाई उजुरी गरेपछि सुनुवाई कुरेर हप्तादिन काठमाडौंमा बस्नुपर्ने बाध्यता हटाउन लागिएको हो ।’

म्यानपावर तथा एजेन्ट र पीडितलाई बोलाएर विभागले क्षतिपूर्ति दिलाउने गरी सुनुवाइ गर्छ । मन्त्री बिष्टले तराईका दुई स्थानबाट ततकाल श्रम स्वीकृति लिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

‘दुई नम्बर प्रदेश र पश्चिम नेपालमा विभागको श्रम कार्यालय खोल्न आवश्यक तयारी सुरु गर्न भनेको छु । त्यसको लागि अर्थ मन्त्रालयसँग छलफल हुन्छ,’ उनले भने,’ थप ४० जनासम्म कर्मचारी चाहिने रहेछ । त्यसो भयो भने श्रम स्वीकृति गर्न काठमाडौं आउनुपर्ने बाध्यता हट्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement