काठमाण्डु – वि.सं.२०७८ साल बैसाख ३१ गते शुक्रबार । ईश्वी सन् २०२१ मे १४ तारिख । नेपाल संवत् ११४१ ।काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४३ मिनेटमा ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । बोल्दा वा कुनै निर्णय गर्दा ध्यान दिनुहोला आफ्नो बोलिले आफैलाई घाटा लाग्न सक्छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेकोछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा एउटै बाटो हिड्न सकिनेछ । भौतिक सम्पती जुट्नुको साथै विलाशी जीवन व्यातीत गर्न सकिनेछ । साझपख समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खोज तथा अनुशन्धानमा उपलब्धी मुलक नतिजा नआए पनी आगामी दिनहरुमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिससँग टाडिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे लाथ लिन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बुवा तथा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगी हरुले तपार्ईँकै साथ दिनेछन् । माया प्रेमको बन्धन कसिने तथा पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । बिद्यामा सोचेजस्तै सफलता पाइनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयले साथ नदिदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैक तथा वित्तिय क्षेत्रमा गरीएको लगानी भने फस्टाएर जानेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुने हुनाले दैनिकी सहज मार्गमा अगाडी बढ्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो नतिजा ल्याउँन मुस्किल रहेकोछ । सरकारी काम गर्दा होस गर्नुहोला काम बिग्रने तथा अर्को दिन धाउनु पर्नेछ । माया प्रेममा गर्नेहरुले आजको दिन नजिक नहुँदा नै राम्रो रहनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आर्थिक अवस्था कमजोर रहने तथा व्यापारमा अलि बढिनै समय खर्चदा मात्र चाहेजस्तो नतिजा हात लगाउन सकिनेछ । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखिन सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा अरुलाई किनारा लगाउदै स्कूल तथा कलेजमा छुट्टै पहिचान बनाउन सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावली पक्षबाट तपार्ईँको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । व्यापारमा प्रशस्त समय खर्चिए मात्र भनेजस्तो आम्दानी हुनेछ ।




प्रतिक्रिया