काठमाण्डु – विसं २०७८ साल जेठ २१ गते शुक्रबार । इस्वी सन् २०२१ जुन ०४ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १० मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५४ मिनेटमा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभचिन्तकको सहयोगले चिताएका काम सम्पादन हुनेछन् । पढाइलेखाइमा मन जाने हुनाले चाहेजस्तो नतिजा ल्याउन सकिनेछ ।
बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) पढाइलेखाइमा मन जानेछ भने बैङ्किङ क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) पढाइलेखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । मातापिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) समयमा काम गर्न सकिने तथा जनताको काम समयमा सम्पन्न हुने हुँदा सामाजिक पद प्रतिष्ठा पाइने योग रहेको छ । अध्ययन अध्यापनमा समय दिएअनुसार राम्रो नतिजाको अपेक्षा गर्न सकिनेछ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) खोजीमूलक क्षेत्रमा समय लगानी गर्नेहरूका लागि समय उत्तम रहेको छ । नीति नियम तथा कानुनको जगेर्ना गर्ने काममा तथा पद्धतिको खिलाप लाग्नेहरूका विरुद्ध आवाज बुलन्द गर्नुपर्ने हुन सक्छ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । विभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) पढाइलेखाइमा उत्कृष्ट नतिजा आउने हुँदा घरपरिवार तथा आफन्तहरू खुसी हुनेछन् । माया प्रेममा रमाउन चाहनेहरूले नयाँ ठाउँको भ्रमण गरी रमाउने योग रहेको छ ।
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यू) पारिवारिक माहोलमा सहभागी भई मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) आमा वा अग्रजको सुझावलाई मनन गर्दै अगाडि बढ्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रीबाट मनग्य धन लाभ हुनेछ भने माया प्रेममा सामीप्यता बढेर जाने योग रहेको छ ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) सेयर बजारमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पत्ति लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) माया प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ । परिवारका साथ घरमै बसी समय व्यतित गर्न सकिनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला।
मीन (दि, दू, थ, झ, ञ, दे, दो, चा, ची) राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ ।




प्रतिक्रिया