शुक्रबार तपाईँको दिन कस्तो रहला ? हेर्नुहोस् भाग्यफल

शुक्रबार तपाईँको दिन कस्तो रहला ? हेर्नुहोस् भाग्यफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वि.सं.२०७८ साल भदौ २५ गते । शुक्रबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १० तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १२ मिनेटमा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कार्य क्षेत्रमा आउने विवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा एक अर्का विच अविश्वास बढ्ने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानी बाट यथेष्ट लाभ लिन सकिनेछ ।  प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ ।  व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिने समय रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कामगर्ने सवालमा आलोचनाको शिकार हुदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  व्यापारमा वढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ ।  माया प्रेममा रमाउन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मियता बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा सामिप्यता बडेर जानेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपार्ईँले गरेको मिहिनेत खेर जानेछैन ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।  प्रेममा सफलता तथा सामिप्यता बड्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाई हरुसँगको सम्बन्धमा नयाँ पनको विकास हुनेछ ।  माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन शुखि रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीति तथा समाजसेवामा अलि बढी गम्भिरता अपनाउनु होला आलोचना गर्नेहरु सक्रिय रहनेछन् । प्रेममा अविस्वास बढ्ने योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेम तथा पति पत्नी बीचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाडी बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती पाउने योग रहेकोछ भने प्रेममा सामिप्यता वढेर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । पर्यटन सम्वन्धी व्यावसायमा सामान्य चहलपल हुनेछ । पारिवारिक माहोलमा दिन वित्ने हुदा मन प्रशन्न रहनेछ ।