शुक्रबार तपाईँको भाग्यफलले के भन्छ ?

शुक्रबार तपाईँको भाग्यफलले के भन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  विसं. २०७७ साल माघ ३० गते । शुक्रबार । ईश्वी सन् २०२१ फेब्रुवरी १२ तारिख । नेपाल संवत् ११४१ ।  काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ४५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५१ मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरकारी धन तथा पैत्रिक सम्पत्तिको प्रयोग मार्फत् मनग्गे आम्दानी गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ भने वित्तिय क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा लगानी गरी मनग्गे नाफा कमाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानी गर्नेहरु सफल रुपमा स्थापित हुनेछन् । गीत सङ्गीतमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्तलाई बेवास्ता गर्दा परेको बेलामा सहयोग नहुन सक्छ । माया प्रेम गर्नेहरुले आजको दिन नजिक नहुँदा नै राम्रो रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरीमा बढोत्तरी हुने योग रहेको छ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरु प्राप्तीको गतिलो योग रहेको छ । विद्यार्थीहरुले अध्ययनमा सफलता पाउनेछन् भने गुरुहरुको राम्रो सहयोग पाइने हुँदा गन्तव्य पहिल्याउन सहज हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  व्यापारमा बढोत्तरीको योग रहेको छ भने थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालती निर्णयहरु तपाईंकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभुती हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  माया प्रेममा एक अर्कालाई अविस्वास गर्नाले बाध्यता बस टाढा हुनु पर्नेछ । आफन्त तथा सन्तानले तपाईंको काममा सहयोग नगर्ने तथा भनेको नमान्दा महत्वपूर्ण अवसरहरु गुम्न सक्छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  तपाईंले सुरु गर्नुभएको काममा विभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । तपाईंले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खदा राम्रो हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)विद्यामा उत्साहजनक प्रगती नहुँदा मन चिन्तित रहला । राजनीति तथा समाजसेवामा भनेजस्तो काम गर्न नसकिने हुनाले आलोचना सहनुपर्ला । छोटो दुरीको यात्रा हुने भएपनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्ने हुन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  प्रणय सम्बन्ध चिसिने अधिक सम्भावना रहेको छ भने आफन्तसँग नै मनमुटाव बढ्नेछ । नोकरी तथा कार्यक्षेत्रमा सहकर्मीहरु बाट नै आलोचना हुन सक्छ, काम गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । सुन्दर तथा विलासी सामानको प्रयोग मार्फत् अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधी उपचार खर्च बढेर जानेछ । अन्य काममा सहभागी हुँदा पढाइ लेखाइ भने थाती रहनेछ ।