यस्तो छ शुक्रबारकाे मौसम पूर्वानुमान

यस्तो छ शुक्रबारकाे मौसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव रहेको छ । आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भूभागको मौसममा आंशिक बदली भएको छ ।

दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति पहाडी क्षेत्रको मौसममा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।