काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण केही स्थानका पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने र पूर्व र पश्चिमका पहाडी भागमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम सामान्यतयता सफा रहनेछ ।
अहिले सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।
यस्तै राति प्रदेश १, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भाग साथै सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
तापक्रममा कमि भई चिसो रहि रहने हुनाले चिसोबाट बच्न तथा तराई र पहाडी भू–भागका केही स्थानहरुमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भएकाे छ ।




प्रतिक्रिया