शुक्रबारको माैसम पूर्वानुमान: तराईमा बाक्लाे हुस्सु, पहाडमा हिमपातकाे संभावना

शुक्रबारको माैसम पूर्वानुमान: तराईमा बाक्लाे हुस्सु, पहाडमा हिमपातकाे संभावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान गरेकाे छ । हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको कारण मौसममा आंशिक देखि सामान्य बदली हुने भएकाे छ। ।

यस्तै प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएकाे छ । शुक्रबार राति पनि देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा शुक्रबार राति पनि हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ। अहिले बिहान देशका केही पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ भने तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।